काठमाडौं । टिभिएस स्कुटर तथा बाइक खरिदमा ग्राहकले आकर्षक छुट पाउने भएका छन्। कम्पनीले नयाँ वर्ष २०८० लाई लक्षित गरी आकर्षक छुटसहितको अफर सार्वजनिक गरेको टिभिएको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्शका प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।
नेपाली टु विलर मार्केटको टेक्नोलोजी च्याम्पियनस्का रुपमा स्थापित टिभिएसले नयाँ वर्षमा ल्याएको आकर्षक अफरबाट टिभिएस ग्राहकहरु लाभान्वित हुने पोखरेलले विश्वास व्यक्त गरे । गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा टिभिएस सधैँ अगाडि रहेको बताउँदै पोखरेलले टिभिएस ब्राण्डले पछिल्लो समय आफ्ना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको बताए ।
स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोड्स र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल टिभिएस बजारको लिडिङ टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।

नयाँ वर्षको अवसरमा टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रुपैयाँ स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार रुपैयाँ स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार रुपैययाँ बराबरको हेल्मेट सित्तैमा दिने पोखरेलले जानकारी दिए । साथै शुन्य प्रतिशत ब्याजदरको फाइनान्स सुबिधा र बाइक एक्स्चेन्जमा बजार मूल्य भन्दा १० हजार रुपैयाँ बढी भ्यालुएसन पनि दिने निधो गरेको छ । यो अफर देशैभर चैत्र १९ बाट सुरु भएर सीमित अवधिको लागि मात्र लागु हुने जनाइएको छ।





Comments are closed.