पोखरा । १९ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त उदयबहादुर केसी (लाहुरे दाइ) पोखरामा विगत लामो समयदेखि व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय छन् ।
विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रको नेतृत्व गरिसकेका अनुभवी व्यक्तिको पहिचान बनाएका केसी यतिबेला पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यका उम्मेदवार छन् ।
भदौ २४ र २५ गते हुने संघको महाधिवेशनका लागि केसीले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेल प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका उनी पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष हुन् ।

घारीपाटन टोेल विकास समितिका निवर्तमान अध्यक्ष, राष्ट्रिय संगीतकर्मी संघका सल्लाहकार, नमस्ते सहकारीका सञ्चालक समिति सदस्य, केसी पोखरा टावर प्रालिका अध्यक्ष एवं मोबाइल टावर पोखराका सञ्चालक हुन् ।
मनिसा मनिका ट्रेडर्सका सञ्चालक केसी २०६१ देखि पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्य रहँदै आएका छन् । संघमा प्रवेश गरी उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने उनले बताएका छन् ।





Comments are closed.