काठमाडाैं । युक्रेनका विदेश मन्त्री दिमित्री कुलेबाले आफ्नो लक्ष्य युक्रेनमा रुस विरुद्धको लडाइमा अत्यधिक हतियार आपूर्ति गर्ने भएको बताएका छन्।
‘मेरो लक्ष्य युक्रेनलाई सकेसम्म धेरै हतियारहरू उपलब्ध गराउनु हो, रुस विरुद्ध सकेसम्म धेरै प्रतिबन्धहरू शुरु गर्नु र सकेसम्म विदेश पलायन गर्न बाध्य भएका धेरै युक्रेनीहरूलाई मद्दत गर्नु हो,’ कुलेबाले भने।
यसबाहेक, युक्रेनका विदेशमन्त्रीले युक्रेनको मुक्तिको समाधानको लागि युद्धविराम आवश्यक छ भने रूससँग युद्धविराम सम्झौतामा पुग्न आफूलाई कुनै संकोच नभएको बताएका छन् ।

यद्यपि, उनले थपे कि ‘हामी युक्रेनको कुनै पनि भूभागलाई अलग्याउन सहमत छैनौं। हामी कूटनीतिको लागि तयार छौं तर हामी यसलाई हाम्रो पीडा विस्तार गर्न र युद्धको अर्को चरणमा प्रवेश गर्न दिने पक्षमा छैनौं।’
गत फेब्रुअरी २४ मा रुसले युक्रेनबाट अलग भएका डोनेस्क र लुहान्स्कलाई ूस्वतन्त्र गणतन्त्रू भनी मान्यता दिएको तीन दिनपछि युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो।
रुसी रक्षा मन्त्रालयले यो कारबाही युक्रेनी सैन्य पूर्वाधारलाई मात्र लक्षित गरेको बताएको छ । तर पश्चिमी राष्ट्रहरूले रूस विरुद्ध व्यापक प्रतिबन्ध लगाएका छन्।




Comments are closed.