युनिग्लोबमा ‘युवा उद्यमी प्रवद्र्धन कार्यक्रम’

काठमाडौं । युवा उद्यमी प्रवद्र्धन कार्यक्रम २०७७ सम्पन्न भएको छ । युनिग्लोब कलेज, विशाल फाउण्डेसन, राष्ट्रिय वाणिज्य बैंक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा शनिबार कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सञ्चार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले युवा उद्यमशीलताको विकासले मात्रै मुलुक समृद्धिको यात्रामा अगाडि बढ्ने धारणा राखे ।

युवा उद्यमशीलताको सम्भावना र चुनौतिहरु विषयमा आयोजित प्लेनरी सेसनमा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान, राष्ट्रिय बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, महिला उद्यमी महासंघका अध्यक्ष रीता सिंहा, योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले प्रस्तुति राखेका थिए भने कार्यक्रमको सहजीकरण कलेजका कार्यक्रम निर्देशक अनन्त घिमिरेले गरेका थिए ।

footwear zone

कार्यक्रममा सफल उद्यमीहरुको सफलता कथा अनुभव र उद्यमशीलता सम्बन्धी विद्यार्थीहरुको विचारहरु प्रस्तुत गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका निबर्तमान अध्यक्ष भवानी राणा, सुविसु केवलका अध्यक्ष सुधिर पराजुली, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङ लगायतले उक्त अवसरमा बोलेका थिए ।

विशाल फाउण्डेसनका कार्यकारी निर्देशक विशाल गैरेको अध्यक्षतामा आयोजित कार्यक्रममा युनि ग्लोब कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्टले स्वागत मन्तव्य राखेका थिए भने प्रा.डा. राधेश्याम प्रधानले कार्यक्रमको समापन गरेका थिए ।

You might also like

Comments are closed.