युनियन लाइफ इन्स्योरेन्सद्वारा बिमितका परिवारजनलाई मृत्‍यु दाबी चेक हस्तान्तरण

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लामाचौर शाखाले बिमितका परिवारजनलाई मृत्यु दाबी चेक हस्तान्तरण गरेको छ ।

इन्स्योरेन्सका लामाचौर शाखाका शाखा प्रमुख सुर्य चापागाईँको अध्यक्षतामा एक शोक सभाको आयोजना गरी स्व. सितल पुनका मुवा गंगा देबी पुनलाई  ९ लाख ५७ हजार ६९८ रुपैयाँ ५० पैसाको मृत्‍यु दाबीको चेक हस्तान्तरण गरिएको हो ।

उक्त शोक सभा कार्यक्रम समाजसेवी, सामाजिक व्यतित्व पुषपेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो । साथै उक्त शोक सभामा क्षेत्रिय प्रबन्धक र उपप्रबन्धक द्वयको समुपस्थिति रहेको थियो ।

footwear zone

युनियन लाइफ इन्स्योरेन्स  लामाचौर शाखाबाट गत बर्ष मात्रै अभिकर्ता बबिता पुर्जा (कमला) मार्फत आफ्नै जीवन बीमा गराई जीवनको आर्थिक पक्ष बलियो पार्ने लक्ष्य लिएका अन्नपूर्ण ०७ म्याग्दी निवासि सितल पुन करिब ८३ हजार बीमाशुल्क तिरेर ९ लाखको सबधिक जीवन बीमा गरेकी शितल पुन प्राकृतिक दिबङत भएकाले र मृतकका परिवारजनले मृत्‍यु दाबी गरे बमोजिम कम्पनीबाट प्राप्त रु ९ लाख ५७ हजार ६९८ रुपैयाँ ५० पैसाको चेक हस्तान्तरण गरिएको हो ।

You might also like

Comments are closed.