ललितपुर । टिभिएसको आधिकारिक बिक्रेता युनिराइड अटो महालक्ष्मीस्थान ललितपुरमा ‘टिभिएस फ्रि मनसुन सर्भिस क्याम्प’ सुरु भएको छ । आइतबारबाट सुरु भएको क्याम्प मंगलबारसम्म सञ्चालन हुनेछ ।
क्याम्पमा सहभागी हुने ग्राहकलाई लेबर चार्ज निःशुल्क हुनेछ । मोबिलमा १५ प्रतिशत र पार्टसमा १५ प्रतिशत छुट प्रदान गरिने सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।
युनिराइडले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै टिभिएस मोटरसाइकल तथा स्कुटर बिक्री गरिरहेको सिग्देलले बताए । ‘हाम्रा ग्राहकको सुविधालाई मध्यनजर गरी हामीले सर्भिस क्याम्प आयोजना गरेका हौं,’ क्याम्पमा सहभागी भएर लाभ लिनुहुन सबैमा अनुरोध गर्दछु ।’






Comments are closed.