काठमाडौं । नेपालका चर्चित हेयर डिजाइनर नेल डेविडले टिभिएसको आधिकारिक बिक्रेता युनी राइड अटो महालक्ष्मी स्थान ललितपुरको अवलोकन गरेका छन् । युनी राइडका सञ्चालक निर्मल सिग्देलका साथीसमेत रहेका नेल डेविडले उक्त अवसरमा टिभिएसका ग्राहकलाई बिहीबार चावी हस्तान्तरणसमेत गरे ।
सिग्देलले ४ महिना अगाडि टिभिएसको डिलर लिएका थिए । नयाँ व्यवसाय शुभारम्भ गरेकोमा उनले सञ्चालक सिग्देललाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गरे । टिभिएस शोरुममा छोटो समयमा धेरै ग्राहकहरको आकर्षण देखिएको सञ्चालक सिग्देलले उक्त अवसरमा बताए ।
नेल डेविडसँगै शोरुममा उनका छोरा डेनियल कटुवाल पनि सहभागी भएका थिए । हेयर कटिङ र फेसनको व्यावसायिक क्षेत्रमा उत्कृष्ट पहिचान बनाएका नेल डेविडले छोरालाई पनि यही व्यवसायमा अगाडि बढाएका छन् । नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि नेल डेभिडको फ्रेन्चाइज शोरुम खुलिरहेका छन् ।






Comments are closed.