माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न

काठमाडौं । माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्रवर्द्धनमा १९.८ मेगावाट क्षमताको उक्त परियोजना निर्माण सम्पन्न भएको हो ।

निर्माण सम्पन्न भएसँग परियोजनाको उत्पादन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको ग्रिडमा यही शुक्रबारबाट जोडिने परियोजनाका प्रवन्ध निर्देशक गणेश कार्कीले जानकारी दिए ।

३ अर्ब ५४ करोड रुपैयाँ कुल लागतमा परियोजना निर्माण सम्पन्न भएको हो । ४ वर्ष अगाडिबाट परियोजना निर्माण सुरु भएको थियो । कोभिड लगायतको कारणले परियोजना सम्पन्न हुन केही समय ढिला भएको बताइएको छ ।

footwear zone

देशको विद्युत व्यापारमा यो परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने लगानीकर्ताहरुको विश्वास छ । युरोपियन मेसिन प्रयोग गरेर परियोजना निर्माण गरिएको कार्कीले जानकारी दिए । परियोजनामा एनएमबी बैंकको नेतृत्वमा ग्लोबल आइएमई बैंक, नबिल बैंक र एचआइडिसिएलको लगानी छ ।

गणेश कार्कीको नेतत्वमा निर्माण सम्पन्न भएको २५ मेगावाट क्षमताको सिंगटी हाइड्रोपावनरले २ वर्ष अगाडिबाट विद्युत उत्पादन गरिरहेको छ । २६ मेगावटको अपर खुदी जलविद्युत परियोजना र २७ मेगावाट क्षमताको सवाखोला जलविद्युत परियोजनाको निर्माण कार्य जारी छ ।

You might also like

Comments are closed.