अपर तामाकोशी हकप्रद सेयर जारी गर्दै

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँबराबरको हकप्रद जारी गर्न लागेको हो। अपर तामाकोशीले गत फागुन १८ गते गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो।

जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री गर्नेछ। सेबोनले अनुमति दिएमा अपर तामाकोशीले १ः१ अनुपातमा अर्थात चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ।

footwear zone

उक्त हकप्रद सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

You might also like

Comments are closed.