युआरएलको पाँचौं शाखा हस्पिटलचोकमा, वैशाख महिनाभर विशेष छुट

पोखरा । पोखराको न्युरोडस्थित गिरी कम्प्लेक्समा सञ्चालन भइरहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल)को पाँचौ शाखा हस्पिटलचोकमा सञ्चालनमा आएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षत्रीय अस्पताल) पूर्वी गेट अगाडि शाखा स्थापना भएको हो ।

शाखाले मंगलबारबाट रक्तपरीक्षण सेवा सुरु गरेको प्रा.लि.का अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । केन्द्रीय कार्यालयबाट हुने सम्पूर्ण सेवा हस्पिटलचोक शाखाबाट प्रदान हुने उनले बताए । ‘सेवाग्राहीलाई लक्षित गरी २४सैं घन्टा सेवा प्रदान हुनेछ,’ उनले भने ।

शाखा सञ्चालनको अवसरमा सबै सेवाग्राहीलाई मधुमेह (सुगर) सम्बन्धी रक्त परीक्षण निःशुल्क हुने पन्तले जानकारी दिए । अन्य सबै प्रकारका परीक्षणमा ३०प्रतिशत छुट रहेको उनले बताए । यो सुविधा वैशाख महिना भर लागु हुनेछ ।

footwear zone

यस अगाडि तनहुँको दमौली र दुलगौैंडा, लमजुङको बेशीशहर र स्याङ्जाको वालिङमा युआरएलका शाखा सञ्चालनमा छन् । प्रधान कार्यालयले २०७० देखि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । ‘युआरएलको सेवालाई गण्डकी प्रदेशभर विस्तार गर्न हामी सफल भएका छौं,’ अध्यक्ष पन्तले भने, ‘स्तरीय ल्याबबाट रक्त परीक्षण गराउने सेवाग्राहीको चाहना पुरा गर्न हामी सफल छौं ।’

You might also like

Comments are closed.