युआरएल नयाँ व्यवस्थापनमा,अध्यक्षमा पन्त, प्रदेशभर शाखा विस्तारको तयारी

पोखरा । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनको नेतृत्व गर्दै प्रालिको अध्यक्षमा ठाकुरप्रसाद पन्त नियुक्त भएका छन् ।

नयाँ सञ्चालकहरुले सर्र्वसम्मत रुपमा पन्तलाई अध्यक्ष बनाएका हुन् । संस्थापक सेयर सदस्यहरुबाट पन्त मात्रै युआरएलमा आबद्ध छन् भने अन्य ८ जना नयाँ सेयर सदस्यहरु थप भएका छन् । बिगत २०७० मंसिर २३ गतेबाट सेवा सुरु गरेको युआरएलले प्रधान कार्यालय पोखरासहित तनहुँको दुलेगौंडा, दमौली शाखाबाट सेवा सुरु गरिसकेको छ । लमजुङको वेसिशहरमा माघ १५ बाट सेवा सञ्चालनको तयारी भइरहेको अध्यक्ष पन्तले जानकारी दिए ।

नयाँ व्यवस्थापनसँगै लगानी वृद्धि हुने पन्तले जानकारी दिए । अहिलेसम्म ७ करोड भन्दा बढी लगानी भइसकेको छ भने आगामी दिनमा हरेक वर्ष लगानी विस्तारसँगै शाखा थप गरिने पन्तले जानकारी दिए ।

footwear zone

गण्डकी प्रदेशका प्रत्येक जिल्लाका मुख्य शहरमा शाखा विस्तारको योजना लिइएको छ । रक्त परीक्षणसँग सम्बन्धित सबै परीक्षण सम्पूर्ण शाखाबाट हुने पन्तले जानकारी दिए ।

You might also like

Comments are closed.