अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडेनले लिए सपथ

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराएका थिए ।

यसअघि उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई सर्वोच्च अदालतकै न्यायाधीश सोनिया सोतोमायोरले सपथ गराएका थिए ।

footwear zone
Barack Obama arrives for his inauguration at the U.S. Capitol in Washington, Tuesday, Jan. 20, 2009. (AP Photo/Susan Walsh)

कोभिड–१९ र सुरक्षा चुनौतीका कारण राष्ट्रपतिको सपथ कार्यक्रमलाई सामान्य बनाइएको थियो । लाखौं मानिस उपस्थित हुने प्रचलन रहे पनि यसपटक थोरै संख्याका मानिस मात्र समारोहमा उपस्थित थिए ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले “आजको दिन प्रजातन्त्रको विजय हो, एउटा आशा र एकताको दिन हो” भने ।

अहिले धेरै काम गर्नुछ, चुनौती धेरै छन्, कोभिड–१९ को ठूलो मूल्य चुकाउनु परेको छ भन्दै बाइडेनले ह्वाइट सुप्रिमेसिस्ट जस्ता तत्वलाई परास्त गरेर मुलुकलाई एकताबद्ध बनाइनेछ भने ।

You might also like

Comments are closed.