उद्योगी/व्यवसायीलाई खोपको दोस्रो मात्रा

 

पोखरा । पोखरा उद्योग वाणिज्य संघको पहलमा कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका सदस्य उद्योगी/व्यवसायी तथा सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई दोस्रो डोज खोप लगाइएको छ । संघका अध्यक्ष नारायण कोइरालाले खोप अभियानको उद्घाटन गरे । संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार साउन ३० गते व्यवसायीहरुलाई पहिलो मात्रा खोप लगाइएको थियो ।

पहिलो डोज खोप लगाइएका १४ सय जनालाई शुक्रबार संघको सचिवालयमा नै दोस्रो डोज खोप लगाइएको हो । संघका उद्योगतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमितिका संयोजक अर्जुन पोखरेलले पहिलो डोज खोप लगाउन नपाएका व्यवसायीहरुको लागि खोपको व्यवस्थापन पहल सुरु गरिएको जानकारी दिए ।

footwear zone

संघले यसअघि खोपको सुनिश्चितताको लागि गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय गण्डकी, जिल्ला प्रशासन कार्यालय कास्कीसहित संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि गुहारेको बताउँदै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले खोपको व्यवस्थापन गर्ने प्रदेश सरकार,जिल्ला कोभिड व्यवस्थापन समिति, प्रदेश स्वास्थ्य निर्देशनालय,पोखरा महानगरको स्वास्थ्य महाशाखालाई धन्यवाद ज्ञापन गरे ।

You might also like

Comments are closed.