१८ वर्षमाथिका सबैलाई खोप लगाउन आह्वान

 

भक्तपुर । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउने कामलाई तीव्रता दिँदै भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकका लागि खोप लगाउन सुरु गरेको छ ।

भक्तपुरको नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा बुधबार र शुक्रबार तथा भक्तपुर नगरपालिकाबाट सञ्चालिन ख्वप अस्पताल च्यामसिंहमा बिदाका दिनबाहेक सबै दिन खोप लगाउने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

footwear zone

सरकारले खोप लगाउन कोही नागरिक नछुटुन् भनेर १८ वर्ष माथिका खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन आह्वान गर्दै दुई वटा खोप केन्द्रमार्फत खोप लगाउने व्यवस्था गरेको जानकारी दिए । सरकारले काठमाडौँका ११ र ललितपुरका ११ वटा खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन थालेको छ ।

You might also like

Comments are closed.