बहालवाला कर्मचारी भन्सार एजेन्ट बन्न नपाउने

काठमाडौं ।  अब बहालवाला कर्मचारीले भन्सार एजेन्ट बन्न नपाउने भएका छन् ।

मन्त्रालयको रायपछि भन्सार विभागले एजेन्टको परीक्षामा नाम निकालेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने सूचना प्रकाशित गरेको थियो ।

भन्सार एजेन्टमा लिखित परिक्षामामा नाम  निकालेकाकर्मचारीको अन्तरर्वाता छनौट आजबाट १३ गते सम्म सञ्चालन हुँदैछ । बहालवाला कर्मचारीलाई पनि भन्सार एजेन्ट बन्न दिने मनसायसहित अर्थले मागेको रायमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विमतिपछि एजेन्टको परीक्षामा नाम निकालिसकेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने भएका हुन् ।

footwear zone

उक्त सूचना प्रकाशित उनीहरूको दोहोरो सुविधा पाउने सपना तुहिएको हो ।बहालवाला कर्मचारीले दोहोरो सुविधा लिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको थियो ।

विभागले ६ सय ६० जनालाई भन्सार एजेन्ट नियुक्त गर्न वैशाख १७ गते लिएको परीक्षामा सयौँको संख्यामा सरकारी कर्मचारी नै सहभागी भएको अनुमान विभागको छ ।

You might also like

Comments are closed.