काठमाडौं । अहिले वर्खाको समय भएकाले यतिवेला वर्खे तराकारीको मूल्य बजारमा केही घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसका अनुुसार आज नेपाली ठूलो गोलेभडा ५८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ५३ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ४८ रुपैयाँ ६० पैसा, लोकल गोलभेडा ४२ रुपैयाँ ४० पैसा,अदुवाको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ,भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ ३३ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ८६ रुपैयाँ ६७ पैसा, कागती २७० रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, हरियो अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, हरियो खुर्सानी ७५ रुपैयाँ, सकुको खुर्सानी ४३० रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ र लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, लोकल बन्दा ४५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ८६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ३५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, मौसम १५५ रुपैयाँ, रातो बन्दा १२५ रुपैयाँ, रायोको साग ७६ रुपैयाँ ६७ पैसा, रुख कटहर ९५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, चाइनिज लसुन २३६ रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन १५६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १३५ रुपैयाँ, लौका ३५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, सजिवन १२५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस २३ रुपैयाँ ३३ पैसा, हरियो धनिया २८३ रुपैयाँ ३३ पैसा र डल्लो फर्सी ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी गुन्दुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, घिउ सिमी ६५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ डल्ले च्याउ ३२५ रुपैयाँ, जिरीको साग १२५ रुपैयाँ, झिगूनी ३७ रुपैयाँ ५० पैसा,, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २४५ रुपैयाँ, रहु माछा ३०५ रुपैयाँ, तामा १२५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, तोफु ११५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, न्यूरा १०५ रुपैयाँ, परवर ३८ रुपैयाँ, पिंडालू ४८ रुपैयाँ ३३ पैसा र सुकेको प्याज प्रतिकेजी ३७ रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।
त्यस्तै,अनार ३२५ रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा ८६ रुपैयाँ ६७ पैसा, अभोकाडो २३३ रुपैयाँ ३३ पैसा, किवि ५७५ रुपैयाँ, चाइनिज नासपाती ३१० रुपैयाँ, लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा, निबुवा ७५ रुपैयाँ,भुई कटहर प्रतिगोटा २१० रुपैयाँ, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, फूजी स्याउ २६५ रुपैयाँमा कारोबार भईरहेको छ ।




Comments are closed.