केजीको कतिमा विक्रि हुँदैछ आज तरकारी तथा फलफूल

काठमाडौं ।  पछिल्लो समयमा उपत्यकामा तरकारीको मूल्य बढीरहेको अवस्थामा आज भने तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज काउली, गोलभेडा,अदुवा, केरा, घिरौला, केरा भेडे खुर्सानी, अकबरे खर्सानी, स्याउ,कागती, स्कूस,परवर, न्यूरो,ब्रोकाउली, भटमासा लगाएतको मूल्य घटेको छ ।

त्यस्तै, शनिबार औसत मूल्य प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा रहेको केरा १२५ रुपैयाँ, २७० रुपैयाँ रहेको फूजी स्याउ २६५ रुपैयाँ, १०६ रुपैयाँ ६७ पैसा रहेको न्यूरो १०५ रुपैयाँ, ४३ रुपैयाँ ३३ पैसा रहेको परवर ३७ रुपैयाँ ६७ पैसा, २३३ रुपैयाँको ब्रोकाउलीलाई आज २२५ रुपैयाँ र ९६ रुपैयाँ ६७ पैसा रहेको भटमासकोशालाई आज ९५ रुपैयाँ तोकिएको छ ।

शनिबार प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ३३ पैसा रहेको स्कुसको मूल्य आज २७ रुपैयाँ ६७ पैसा, ५५ रुपैयाँको तने बोडी ७५ रुपैयाँ, ३२ रुपैयाँ ५० पैसाको लोकल सानो गोलभेडा आज ३२ रुपैयाँ ६७ पैसा, २६० रुपैयाँको कागतीलाई आज २६० रुपैयाँ तोकिएको छ ।

footwear zone

त्यसैगरी  शनिबार प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा रहेको स्थानीय काउलीलाई आज ८५ रुपैयाँ, ५२ रुपैयाँ ५० पैसा रहेको भारतीय ठूलो गोलभेडालाई ५५ रुपैयाँ, २५ रुपैयाँ रहेको घिरौलालाई १७ रुपैयाँ ६७ पैसा, ५६ रुपैयाँ रहेको भेडे खुर्सानीलाई ४५ रुपैयाँ, ४३ रुपैयाँ ४० पैसा रहेको टनेल गोलभेडालाई ४२ रुपैयाँ ३३ पैसा, प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको हाइब्रीड काक्रो ४५ रुपैयाँ, ९६ रुपैयाँ ६७ पैसा रहेको अकबरे खुर्सानी ९५ रुपैयाँ, ७६ रुपैयाँ ६७ पैसा रहेको चुकुन्दरलाई आज ७५ रुपैयाँ पर्नेछ भने ९५ रुपैयाँ रहेको अदुवाको औसत मूल्य घटेर आज प्रतिकेजी ७५ रुपैयाँ, कायम रहेको छ ।यद्पी खुद्रा व्यापारीले भने तरकारीको मूल्य आम उपभोतालाई एकदमै महंगोमा विक्रि वितरण गरेको बजारमा पाइन्छ ।

 

 

 

You might also like

Comments are closed.