कामपाबाट त्रिवि शिक्षण अस्पताललाई १० भेन्टिलेटर सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगंजलाई दश थान भेन्टिलेटर सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा डा दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रमुख शाक्यले हाम्रा योजना अस्पतालमा भेन्टिलेटर र सघन उपचार कष बढाउनुभन्दा व्यक्तिव्यक्तिलाई संक्रमण हुनबाटै बचाउनेतिर केन्द्रित गरिनुपर्नेमा जोड दिए । भेन्टिलेटरको जम्मा मूल्य रु दुई करोड नौ लाख रहेको बताईएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा दिव्यासिंह शाहले अस्पतालमा आएका बिरामीलाई फिर्ता पठाउन नपरोस् भनेर क्षमता र जनशक्ति व्यवस्थापनमा जोड दिइएको बताए ।

footwear zone

अस्पतालमा अहिले दैनिक पाँच हजार लिटर अक्सिजन खपत भइरहेको छ । सोमध्ये दुई हजार लिटर आन्तरिक प्रणाली र तीन हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । हरेक दिन यसको माग बढ्दै गएको र यसमा पनि कामपाको सहयोग आवश्यक रहेको प्रा डा काफ्लेले बताए ।

You might also like

Comments are closed.