पर्यटन पुनरुत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ

गण्डकी । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन पुनरुत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन कायक्रम अघि सारेको छ ।

कोरोना सङ्क्रमणका बाबजुद पनि स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै पर्यटकीय गतिविधि बढाउने सन्देश प्रवाह गर्दै पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउने सोचका साथ कार्यक्रम घोषणा गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत यही पुस ११ देखि १४ गतेसम्म पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मीसहितको टोलीले कास्की, पर्वत र बाग्लुङ तीन जिल्लाका पर्यटकीय गाउँमा सञ्चालित घरबासको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको उनले बताए ।

footwear zone

अधिकारीका अनुसार बागलुङको ढोरपाटनमा सञ्चालित घरबाससहित सोही जिल्लाको गलकोटस्थित रिघा सामुदायिक घरबास, ताराखोलास्थित शिवधुरी सामुदायिक घरवास, भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास, पर्वतको भुक देउराली सामुदायिक घरबास, लब्सीबोट सामुदायिक घरबास र कास्कीको हेम्जाकोट सामुदायिक घरबासमा पनि प्रवद्र्धनात्मक भ्रमण गरिने छ ।

पर्यटन क्षेत्र खुलिसकेको अवस्थामा स्वास्थ्य सुरक्षाप्रति सचेत बन्दै पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्दै प्रवद्र्धनात्मक भ्रमणको कार्यक्रम आयोजना गरिएको मञ्चले जनाएको छ ।

You might also like

Comments are closed.