भायानेटको नयाँ शाखा अब महेन्द्रनगरमा

महेन्द्रनगर । भायानेट कम्युनिकेसन लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा कन्चनपुरको महेन्द्रनगरमा नयाँ साखा विस्तार गरेको छ ।

आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्व–साधारण पनि लाभान्वित हुनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

यसै सन्दर्भमा महेन्द्रनगरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्द गराएको छ ।

footwear zone

साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन्। यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । भायानेट महेन्द्रनगर भिम्दत्त नगरपालिका वो डा नः १८ नजिकै प्रभु बैंक निर खोलिएको छ ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो ।

तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइ. एस. ओ. ९००१ : २०१५ प्रामाणिक कम्पनी हो ।भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ ।

You might also like

Comments are closed.