अमेरिकी उपमन्त्री नुल्यान्ड काठमाडौंमा

काठमाडौं । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् । उपमन्त्री नुल्यान्ड केहीबेरअघि काठमाडौं आएकी हुन् ।

नुल्यान्डले सोमबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उपमन्त्री नुल्यान्डले आफ्नो दुई दिने भ्रमणमा नेपालको सरकारसँग अमेरिकी साझेदारीको वृहत् एजेन्डामा छलफल गर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ।

footwear zone

उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकनसमेत गर्ने भन्दै दूतावासले नेपालको सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ।

You might also like

Comments are closed.