विविध कन्सल्ट्यान्ट्सको आयोजनामा टिकटक प्रतियोगिता हुने

काठमाडौं । विविध कन्सल्ट्यान्ट्सको आयोजनामा टिकटक प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, द्वितीय हुनेले १० हजार रुपैयाँ र तृतिय हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हरेक प्रतियोगीले गिफ्ट ह्याम्पर को व्यवस्था गरिएको बताइएको छ ।

टिकटक प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले कार्यालयमा नाम दर्ता गराउनुपर्ने छ । कन्सल्ट्यान्ट्सको परिसरभित्र भिडियो बनाउनु पर्नेछ र भिडियो हिंसात्मक वा हानिकारक गतिविधीसँग सम्वन्धित हुनुहुदैंन ।

भिडियो सेप्टेम्बर ४ आइतबारका दिन अपलोड गर्नुपर्नेछ । भिडियो अपलोड गर्दा कन्सल्ट्यान्ट्सको टिकटक पेजमा ट्याग गर्नुपर्नेछ । सेप्टेम्बर १८ मा कन्सल्ट्यान्ट्सको फेजबुक र इन्स्टाग्रामबाट विजेताको घोषणा गरिनेछ ।

footwear zone

काठमाडौंको नयाँ बानेश्वरमा र भक्तपुरको राधे राधेमा रहेका कार्यालयमा टिकटक बनाउन सकिनेछ । टिकटक बनाउनका लागि भक्तपुरको कार्यालय अगस्ट २७ र सेप्टेम्वर ३ शनिबारका दिन पनि खुला रहनेछ ।

You might also like

Comments are closed.