पोखरा । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको पहलमा अटोमोबाइल व्यवसायी, कर्मचारी र मेकानिक्सलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा बुधबार प्रदान गरिएको छ ।
फ्रन्टलाइनमा बस्ने व्यवसायी, कर्मचारी र मेकानिक्सलाई खोप प्रदान गरिएसँगै आफुहरु सुरक्षित भएर व्यवसाय संचालन गर्ने वातावरण बनेको कार्यक्रम संयोजक शिव श्रेष्ठले बताए । पोखरा महानगरपालिका वडा नं. ३ अध्यक्ष रबिन्सन प्रजु, महिला नेत्रृ सरस्वती गुरुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत बस्नेत पोउवा संघका उद्योग उपाध्यक्ष गोकर्ण कार्कीले खोप कार्ड प्रदान गरि कार्यक्रम सुभारम्भ गरेका थिए ।
४ सय जना व्यवसायी, कर्मचारी र मेकानिक्सलाई खोप प्रदान गरिएको बताइएको छ । खोप उपलब्ध गराउन विशेष सहयोग गर्ने प्रमुख जिल्ला अधिकारीलगायत सम्पुर्णमा एसोसिएसनले आभार प्रकट गरेको छ ।






Comments are closed.