काठमाडौं । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को टोली शनिबार रारा भ्रमणका लागि निस्किएको छ । शनिबार वाडाका महासचिव दीपेन्द्र कोइरालासहितको टोलीले पोखरा विमानस्थलबाट सो टोलीको विदाई गरेको हो ।
एसोसिएसनको कार्यसमिति र सल्लाहकार र पत्रकारसहितको १५ जनाको टोली नेपालगञ्ज पुगेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनसहित कार्यसमितिको आठौं बैठक बस्ने गरी टोली रारा जान लागेको अध्यक्ष मोहन बाबु खड्काले जानकारी दिए ।
कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्रमा उत्साह थप्नसमेत भ्रमण सफल हुने कार्यक्रम संयोजक तथा वाडाका कोषाध्यक्ष शिव श्रेष्ठले बताए ।






Comments are closed.