वाडाको बैठक रारामा

मुगु । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आठौं बैठक नेपालको सबैभन्दा ठूलो ताल रारा क्षेत्रमा सम्पन्न भएको छ । फरक फरक ठाउँमा बैठक बस्ने संघको लक्ष्य अनुसार असोजको बैठक रारामा बसेको वाडाका अध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए ।

पर्यटन प्रवद्र्धनको लक्ष्यसहित व्यवसायीहरुलाई समेटेर वाडाले रारा भ्रमण आयोजना गरेको थियो । सोही भ्रमणका क्रममा वाडाले रारामा कार्यसमितिको बैठक गरेको हो । रारा भ्रमण सफल पार्न भूमिका खेल्ने सम्पूर्णप्रति बैठकले आभार व्यक्त गरेको छ । राराको प्रवद्र्धनमा आफूहरुले सहयोगी भूमिका निर्वाह गर्ने अध्यक्ष खड्काले बताए ।

संघका कोषाध्यक्ष शिव श्रेष्ठको संयोजकत्वमा बैठक तथा भ्रमण भएको हो । राराको सुन्दरतालाई आफूहरुले प्रचार–प्रसार गर्ने श्रेष्ठले बताए । उक्त अवसरमा वाडाका पूर्व अध्यक्ष एवं सल्लाहकार शम्भुलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कृष्ण श्रेष्ठ, उपाध्यक्ष राघव शिलवाल लगायतले बोलेका थिए ।

footwear zone

You might also like

Comments are closed.