रारामा पोखराका अटोमोबाइल व्यवसायीको प्रवद्र्धनात्मक भ्रमण

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) आयोजनामा पर्यटन प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको छ । शनिबार पोखराबाट सुरु भएको भ्रमण टोली नेपालगञ्ज हुँदै मुगुको रारा ताल र मुर्माटपसम्म पुगेर पोखरा फर्किएको छ ।

संघका अध्यक्ष मोहनबाबु खड्काको नेतृत्वमा संघका कोषाध्यक्ष शिव श्रेष्ठको संयोजकत्वमा भ्रमण सम्पन्न भएको हो । आन्तरिक पर्यटन प्रवद्र्धनसँगै व्यवसायीहरुबीच आत्मीयता बढाउने लक्ष्यसहित भ्रमण गरिएको अध्यक्ष खड्काले बताए । ‘भ्रमण निकै फलदायी भएको छ,’ उनले भने । भ्रमण टोलीले मुगुको स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित स्थानीय कलाकारहरुको सहभागितामा सांस्कृतिक कार्यक्रमसमेत गरेको थियो ।

भ्रमणमा एसोसिएसनका कार्यसमिति र सल्लाहकार तथा व्यवसायीहरुसहित गरी १५ जना सहभागी रहेको कार्यक्रम संयोजक तथा वाडाका कोषाध्यक्ष शिव श्रेष्ठले जानकारी दिए । भ्रमणमा मोहनबाबु खड्का, शम्भुलाल श्रेष्ठ, शिव श्रेष्ठ, अशोक चालिसे, कृष्ण श्रेष्ठ, दीपेन्द्र भण्डारी, हरि तिवारी, विनय थापा, आशिष गुरुङ, सुदिप अधिकारी, होमनाथ भट्टराई, राघव सिलवाल, मदन द्वा, विकन्त ताम्राकार र सुरेन्द्र पौडेल सहभागी थिए ।

footwear zone

वाडाको आठौं बैठकसमेत रारा क्षेत्रमै बसेको छ ।

You might also like

Comments are closed.