उत्कृष्ट वस्तुगत संघ सम्मान अटोमोबाइल एसोसिएसनलाई

पोखरा । पोखरा उद्योग वाणिज्य संघले उत्कृष्ट वस्तुगत संघ सम्मान पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)लाई प्रदान गर्ने भएको छ । हरेक २ वर्षमा प्रदान गरिने यो अवार्ड यो वर्ष वाडालाई प्रदान गर्ने निर्णय भएको हो ।

असोज २० गते हुने संघको ६७औं वार्षिक अधिवेशनका अवसरमा वाडालाई उक्त सम्मान प्रदान गरिनेछ । संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठ संयोजक रहेको उत्कृष्ट वस्तुगत संघ सम्मान उपसमितिले वाडालाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

निजी क्षेत्रको छाता संस्थाले उत्कृष्ट वस्तुगत संघको सम्मान प्रदान गर्ने निर्णयबाट गौरव महसुस भएको वाडाका अध्यक्ष मोहनबाबु खड्काले बताए ।

footwear zone

संघको ६७औं वार्षिक अधिवेशन २० गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुँदैछ ।

You might also like

Comments are closed.