पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा प्रवेश नाका कोत्रेमा जिल्ला प्रहरी कार्यालय कास्की मार्फत स्थापना गरिएको हेल्प डेक्सलाई पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले सहयोग गरेको छ ।
विश्वकर्मा अटोमार्टको सहकार्यमा बिहीबार मोटर पोखरा प्रवेश सहायता कक्षलाई वाडाले एक थान टेन्ट उपलब्ध गराएको हो ।

अध्यक्ष मोहनबाबु खड्का, कोषाध्यक्ष शिव श्रेष्ठ, प्रहरी समन्वय समिति संयोजक अशोक चालिसेले टेन्ट हस्तान्तरण गरेका हुन् ।




Comments are closed.