पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको साधारण सभा कार्तिक २६ गते हुने

काठमाडौं ।  पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को १७ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन हुने भएको छ ।

उक्त साधरण सभा तथा अधिवेशन कार्तिक २६ गते शनिबार पोखरा-९ दरबारथोक स्थित दरबारथोक बैङ्क्युटमा दिउँसो १ : ३० बजे हुने भएको हो ।

त्यस्तै, एसोसिएसनलाई बुझाउनुपर्ने मासिक शुल्क बा नविकरण शुल्कहरु बाँकी भएमा कार्तिक १६ गते भित्र बुझाउन समेत एसोसिएसनले अनुरोध गरेको छ ।

footwear zone

उक्त साधरण सभामा विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत , छलफल र पारितका साथै यस एसेसिएसनको आर्थिक वर्ष २०७९/ ८०को लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, साधारण सभा तथा अधिवेशनमा विगतमा जस्तै यस वर्ष पनि संस्थाका सदस्यहरुका घरपरिवार मध्येबाट २०७८ को एसईई परीक्षमा सर्वोकृष्ट अंक ल्याई उत्तीर्ण गरेको छात्र, छात्रालाई सम्मान कायक्रम पनि रहेको हुँदा विद्यालयले प्रदान गरेको सर्टिफिकेट,मार्कसिट, निवेदन र फोटोसहित कार्तिक १८ गतेभित्र संस्थाको कार्यालय नयाँबजार, पोखरामा बुझाउन अनुरोध गरेको छ ।

wa

You might also like

Comments are closed.