पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को १७ औँ वार्षिक साधारण सभा तथा नवौं अधिवेशन आज पोखरा हुने भएको छ ।
पोखरा–९ दरबारथोकस्थित दरबारथोक बैंक्युटमा दिउँसो १ : ३० बजे साधरण सभा तथा अधिवेशन हुने अध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए ।
साधरणसभामा विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल र पारितका साथै आर्थिक वर्ष २०७९/८०को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने कार्यसूची छ । अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

साधारणसभा तथा अधिवेशनमा संस्थाका तर्फबाट विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुने बताइएको छ ।




Comments are closed.