चरक हस्पिटलमा उपचार गराउँदा अटो व्यवसायीलाई विशेष छुट

पोखरा । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटल प्रा.लि.मा उपचार गराउँदा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का सदस्य तथा उनीहरुका परिवारले विशेष छुट पाउने भएका छन् । यस सम्बन्धी सम्झौतामा बुधबार दुई पक्षबीच हस्ताक्षर भएको छ ।

सम्झौतामा वाडाका अध्यक्ष मोहनबाबु खड्का र हस्पिटलका अध्यक्ष डा. वद्री पौडेलले हस्ताक्षर गरेका छन् । यो सम्झौता २ वर्षसम्म लागु हुनेछ ।

सम्झौता गर्ने क्रममा वाडाको तर्फबाट पूर्व अध्यक्ष एवं सल्लाहकार माधवप्रसाद पौडेल, शम्भुलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महासचिव दीपेन्द्र कोइराला, सदस्य छवि सुवेदी, दीपेन्द्र भण्डारी, टीकाकुमारी गुरुङ, कार्यालय प्रमुख गोविन्द पौडेल र हस्पिटलको तर्फबाट प्रदीप तिमिल्सिना लगायतको उपस्थिति थियो ।

footwear zone

हस्पिटलबाट प्रदान हुने सम्पूर्ण सेवामा वाडाका सदस्य तथा सदस्यका परिवारलाई विशेष छुट प्रदान हुने सम्झौतामा उल्लेख छ ।

र यो पनि,

‘सस्तो शुल्कमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा चरकबाट प्रदान गर्छौं’

 

You might also like

Comments are closed.