पश्चिमाञ्चल अटोमोबाइल्स एसोसिएसनद्वारा सल्लाहकारलाई स्वागत

पोखरा ।

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा स्वागत तथा प्रशिक्षण कार्यक्रम हालै पोखरामा सम्पन्न भएको छ । वाडाको नवनिर्वाचित कार्यसमितिले संस्थाका पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरुलाई स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष राजेन्द्रकुमार बाटाजूले अटो व्यवसायीहरुको हकहितका क्षेत्रमा वाडाको योगदान महत्वपूर्ण रहेको बताए ।

footwear zone

संस्थाका अध्यक्ष मोहनबाबु खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा वाडाका सल्लाहकार तथा कार्यसमितिलाई प्रशिक्षण प्रदान गरिएको महासचिव दीपेन्द्र कोइरालाले जानकारी दिए । प्रमुख प्रशिक्षक नारायण शर्मा रहेका थिए ।

You might also like

Comments are closed.