निर्धारित समयअगावै वडा कार्यालय निर्माण

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिकामा निर्धारित समयअगावै वडा कार्यालय भवन निर्माण गरिएको छ । वडा नं २ स्थित फलैँचामा अढाइतले आठकोठे कार्यालय भवन निर्धारित समयभन्दा छ महिनाअगावै हिमतारा आरके जेभीले एक करोड ७० लाख ४८ हजार ९ सय ८२ रुपैयाँको लागतमा निर्माण गरेको हो । आगामी असारमा समयावधि पूरा हुने भए पनि भवनको निर्माण सम्पन्न भएकाले शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले उद्घाटन गरे ।

सङ्घीय सरकारसँगको साझेदारीमा निर्माण गरिएको सो भवन विसं २०७७ असार १६ गते शिलान्यास गरिएको थियो । यसअघि भाडाका भवन तथा विद्यालय भवनमा सञ्चालन हुँदै आएको वडा कार्यालय अब आफ्नै भवनबाट सञ्चालन हुने भएको छ ।

विगतमा विवाद, मुद्दा मामिला र क्षेत्रगत विवादले तत्कालीन गाविसको कार्यालयसमेत बन्न नसेको अवस्थामा स्थानीय तहको निर्वाचनपछि स्थानीय जग्गादाताले निःशुल्क जग्गा उपलब्ध गराउनुका साथै थप जग्गाका लागि चन्दा तथा सहयोग सङ्कलन गरी जग्गा खरिद गरिएको थियो ।

footwear zone

उक्त भवन निर्माणका लागि इलाममा बसोबास गर्दै आएका राजन शिवाकोटीले आमा गङ्गादेवीको स्मृतिमा चार लाख ५० हजार मूल्य बराबरको, ताप्लेजुङका नन्दराम बानियाँले आमा गङ्गादेवीको स्मृतिमा सोही मूल्य बराबरको तथा झापामा बसोबास गर्दै आएका डम्बरकुमारी खरेलले श्रीमान् अग्निप्रसादको स्मृतिमा तीन लाख मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएकी थिइन् । थप जग्गाका लागि ७६ स्थानीयवासीले प्रतिव्यक्ति पाँच हजार रुपैयाँ भन्दा बढी चन्दा दिएका थिए । जग्गादाता तथा चन्दादातालाई शनिबार आयोजित कार्यक्रममा सम्मानसमेत गरिएको थियो ।

You might also like

Comments are closed.