झापा । वाटर किङ्डम पार्क एन्ड रिसोर्ट प्रा.लि. झापाले नयाँ वर्ष २०७८ लाई लक्षित गरी विशेष छुटसहितको अफर ल्याएको छ । नयाँ वर्षको अवसरमा प्रा.लि.ले सेवामा २८ प्रतिशत छुट घोषणा गरेको हो । वाटर पार्क र जिपलाइन सेवामा यो छुट प्रदान हुने प्रा.लि.का अध्यक्ष मेनुकादेवी सिटौलाले जानकारी दिइन् । यो अफर वैशाख १ देखि ५ गतेसम्म जारी रहनेछ ।
प्रदेश नं. १ कै पहिलो जीप फ्लाइङ र जीप साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्टमा पछिल्लो समय पर्यटकको आकर्षण देखिएको उनले बताइन् । ‘नयाँ वर्षको अवसरमा विशेष छुट प्रदान गर्दा धेरै पर्यटक तथा सेवाग्राही लाभान्वित हुनेमा हामीले विश्वास लिएका छौं,’ उनले भनिन् ।
शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा दुई बिघा पाँच कठ्ठा जग्गामा बनेको रिसोर्ट गत फागुन अन्तिम साता सञ्चालनमा आएको हो । पार्कमा ४२ करोडको लगानी भएको बताइएको छ । स्थानीय युवा व्यवसायी राजकुमार सँग्रौलाको लगानीमा सञ्चालनमा आएको रिसोर्टमा पानीमा खेलेर रमाउन सकिने ८ किसिमका खेल समावेश गरिएको छ । ‘साहसिक मानिएको जीप फ्लाइङ र साइक्लिङले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ,’ सञ्चालक राजकुमार सँग्रौलाले भने ।

४५ मिटर लामो कृत्रिम सुरुङ, समुन्द्री छालको जस्तो वेभ पुल, स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टरलगायत मनोरञ्जनात्मक सुविधाले रिसोर्टमा उपलब्ध छ । रिसोर्टमा मनोरञ्जनका लागि खेल तथा सुविधासँगै बस्न र खानका लागि अलगअलग ननभेज र भेज रेस्टुरेन्ट सञ्चालन गरिएको छ । ‘परिवार र साथीसँग घुमफिरका लागि वाटर किङ्डम रिसोर्ट आकर्षक गन्तव्य बनेको छ,’ उनले भने ।





Comments are closed.