पोखरा । पोखराको निभा गल्लीमा ‘वयर एण्ड गेयर’ फेन्सी पसल सञ्चालनमा आएको छ । ब्राण्डेड कपडाहरु पोखरा क्षेत्रका ग्राहकलाई उपलब्ध गराउने उद्देश्यसहित दीपा मगरले पसल सञ्चालनमा ल्याएकी हुन् ।
शनिबार एक कार्यक्रमका बीच महिला उद्यमी तथा सामाजिक अभियान्ता शवि गौचन शेरचनले उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै उनले कोराना कहरको समयमा पनि जोस, जाँगर, साहसका साथ पसल सञ्चालन गर्नु राम्रो पक्ष भएको बताइन् ।

महिलाहरुले लगाउने ब्रान्डेट सामानहरू बिदेशबाट आयात गरि पसलबाट बिक्री वितरण गरिने सञ्चालक मगरले बताइन् । हङकङ र युकेबाट युनिक्लो, जारा, कपसप, बलेनो, बोसिनी ब्राण्डका कपडाहरु तथा डेभिड जोन्सका व्यागहरु पसलबाट बिक्री सुरु भएको उनले जानकारी दिइन् ।







Comments are closed.