काठमाडौं । वेलबेल ब्राण्डका उत्पादनहरुको बजार विस्तार गरिएको छ । वेलबेस फुड्स प्रा.लि.ले बिगत १ वर्षदेखि कन्फ्लेक्स, मुस्ली, ओट्स, चोकोस, ओट्स्रिङ, चोकोफिल्स लगायतका प्रडक्ट उत्पादन गर्दै आइरहेको छ ।
बिगत १ वर्षदेखि वेलबेल ब्राण्डका उत्पादनहरु काठमाडौंसहित सीमित क्षेत्रमा मात्रै बिक्री वितरण हुँदै आइरहेकोमा अब देशभरको मुख्य बजारमा विस्तार गरिएको कम्पनीले जनाएको छ । ‘माघ महिनाबाट आक्रामक रुपमा बजार विस्तार अभियान अगाडि बढाएका छौं,’ प्रालिका सञ्चालक हरिराज पन्तले भने ।
प्रा.लि.ले ललितपुरको भनिमण्डलमा कर्पोरेट कार्यालय स्थापना गरेको छ । कार्यालयको सोमबार पूजा गरी उद्घाटन गरिएको छ । देशभर डिलर नेटवर्क विस्तार गरी वेलबेल ब्राण्डको बजार बढाउन लागिएको पन्तले बताए ।

हेल्थ फोकस भएर स्वास्थ्यवर्दक र गणस्तरीय प्रडक्ट बजारमा ल्याउन प्रालि सफल भएको अर्का सञ्चालक पुनित कुमार अग्रवालले बताए । केही नयाँ ब्राण्डहरु पनि थप हुने उनले जानकारी दिए ।






Comments are closed.