काठमाडौं । महिलाहरुलाई लक्षित गरी काठमाडौंमा व्युटिसियन तालिम सुरु भएको छ । नेपाल महिला चेम्बरअफ कमर्शले फेसियल हाउसको सहकार्यमा व्युटिसियन सम्बन्धी तालिम सञ्चालनमा ल्याएको हो । बिहीबार सुरु भएको तालिम एक सातासम्म जारी रहने महिला चेम्बर महासचिव लिमा अधिकारीले जानकारी दिइन् ।
महिलाहरुको क्षमता अभिबृद्धि गरी स्वरोजगार बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको उनले बताइन् । महिला चेम्बरले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै फेसियल हाउसका प्रबन्धक निर्देशक शुष्मा महराले चेम्बरसँग सहकार्य गरी कार्यक्रम गर्न पाउँदा खुसी लागेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् ।

तालिम फेसियल हाउस सुन्धारामा जारी रहनेछ ।




Comments are closed.