निःशुल्क दाउरा वितरण

कपिलवस्तु । कपिलवस्तुमा शीतलहर बढ्न थालेपछि सर्वसाधारणलाई निःशुल्क दाउरा वितरण गर्न सुरु गरिएको छ ।

कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले जिल्लाका विभिन्न स्थानमा दाउरा वितरण गर्न सुरु गरेको हो । शीतलहरमा गरिब तथा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको समितिका अध्यक्ष गङ्गेशनाथ तिवारीले बताए ।

“गरिब, विपन्न तथा ज्येष्ठ नागरिकको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले निःशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘‘अघिल्लो वर्ष चोकचोकमा दाउरा वितरण गरेका हौं”, उनले भने, “जिल्लाका विभिन्न पालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालयलगायत करिब तीन दर्जन स्थानमा दाउरा वितरण गरिएको छ ।” प्रत्येक स्थानमा दुई क्विन्टलभन्दा बढी दाउरा वितरण गरिएको अध्यक्ष तिवारीले बताए ।

footwear zone

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले कपिलवस्तुको महाराजगञ्ज बजार, गैडहवा चोक, चन्द्रौटाको समिति चोक, खरेन्द्रपुर, थुन्ह्यिा, मानपुर, चनई बडेगावसहितका स्थानमा दाउरा वितरण गरिएको छ । वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना बालबालिका लागि आगो ताप्न दाउरा वितरण गरिएको बताइएको छ । बुधबार र बिहीबार विभिन्न चौकमा दाउरा बालेर ताप्नका लागि निःशुल्क वितरण गरिएको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति सहायक वन अधिकृत एजाज अन्सारीले बताए ।

यस्तै, गरिब बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । चिसोबाट बच्न ज्येष्ठ नागरिकका लागि आगो ताप्ने व्यवस्था गर्न आवश्यक स्थानमा दाउरा वितरण कार्य जारी रहेको समितिले जनाएको छ । दाउरा घरमै पाएपछि गरिब, विपन्न तथा ज्येष्ठ नागरिक खुसी भएका छन् । स्थानीयवासी बदरु रैदासले साझेदारी तथा सामुदायिक वनले गरिब, विपन्न तथा ज्येष्ठ नागरिकका समस्या बुझेको बताए । ‘‘चिसो बढेको छ । यो समयमा वनले घरमै दाउरा ल्याइदियो’’, उनले भने, ‘‘अब आगो तापेर बस्न पाइने भयो ।’’

You might also like

Comments are closed.