ग्यापुमा वर्ल्डलिंकको प्याकेज खरिद गर्न पाइने

काठमाडौं ।  लोकप्रिय नेपाली इ-कमर्स ग्यापु मार्केट प्लेसमा अब वल्र्डलिंकका विभिन्न प्याकेजहरु उपलब्ध छन् ।

जस अन्तर्गत ग्राहकले ग्यापुको वेबसाइट वा एपमा गई सजिलै वल्र्डलिंकका विभिन्न प्याकेजहरु लिन सक्नेछन् ।ग्यापु मार्केट, प्लेस प्रोडक्टको लागि मात्र नभइ सर्भिसको लागि पनि प्लाटफर्म हो भन्ने सुचना प्रयोगकर्तामा जाओस् भनेर उक्त सेवा सुरु गरिएको ग्यापुले जनाएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मामार्फत अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ।

footwear zone

साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।

You might also like

Comments are closed.