आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यकः प्रदेश प्रमुख पौडेल

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताएकी छन् । पोखराका महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)को टोलीसँगको भेटघाट कार्यक्रममा उनले पोखरा प्रसिद्ध पर्यटकीय नगरी भएको जनाउँदै यसको दिगो विकास लागि महिला पर्यटन व्यवसायीको सहभागिता पनि अपरिहार्य रहेको जनाइन् । उनले गण्डकी प्रदेश पर्यटनको लागि उत्कृष्ट गन्तब्य भएकाले यहाँको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षलाई उचित व्यवस्थापन गर्दै जनसहभागितामूलक र दिगो विकासकाका लागि नयाँ सोचको आवश्यकता औल्याइन् ।

पर्यटन क्षेत्रमा महिला संगठित भएर अगाडि बढ्नु निकै सकारात्मक र उदाहरणीय भएको जनाउँदै महिलाको श्रमको मूल्याकंन नभएसम्म महिला सशक्तिकरण सम्भव नहुने धारणा राखिन् । “महिला विहानदेखि बेलुकासम्म श्रममा खटिन्छन्, तर श्रमको मूल्याकंन हुनसकेको छैन, श्रमको मुल्यांकन नभएसम्म महिलाको सम्मान पनि हुँदैन” उनले भनिन् । पछिल्लो समय हरेक क्षेत्रमा महिला सशक्त भएर अघि बढेपनि कार्यकारी र नेतृत्व तहमा महिलाको सहभागिता अझै न्यून रहेको उनले बताइन् ।

एकतामा नै शक्ति हुने भएकाले पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि पनि संगठिन र एकिकृत आवाज लिएर अघि बढ्न उनले सुझाव दिइन् । प्रदेशको राजधानी पोखराको पर्यटन विकासका लागि आफ्नो तर्फबाट पनि पहल गर्ने बताइन् ।

footwear zone

भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड १९ ले पर्यटन क्षेत्रममा पारेको प्रभाव, मौद्रिक नीतिको कार्यन्वयनमा देखिएको जटिलटा र खोप सुनिश्चिता नभएसम्म व्यवसाय सञ्चालन गर्न सहज नभएको विषयमा जानकारी गराएकी थिइन् ।

संस्थाका संस्थापक अध्यक्ष जमुना पराजुली संस्था स्पापनाको उद्देश्य र संस्थागत रुपमा गरेका कार्यहरुको बारेममा प्रदेश प्रमुखलाई जानकारी गराएकी थिइन् ।

संस्थाका सल्लाहकार देवका पहारी, दुर्गा ढकाल, नर्मला कँडेल, उपाध्यक्ष उमा भण्डारी, सदस्य शर्मिला न्यौपाने लगायतले पर्यटन क्षेत्रमा महिला सहभागिताको अवस्था, व्यवसाय सञ्चालनमा कठिनाइ, बैंक तथा वित्तिय संस्थाबाट महिलाले कर्जा लिन भोग्नु परेका झञ्झट लगायतका विषयमा जानकारी गराएका थिए ।

You might also like

Comments are closed.