महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे, पत्रकार जमुना बर्षालाई सम्मान

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । होटल लेण्डमार्कका संचालक पाण्डे पश्चिमाञ्चल होटल संघ पोखराको कोषाध्यक्ष पनि हुन् ।

मञ्चको उपाध्यक्षमा उमा भण्डारी, सचिवमा ममता न्यौपाने, सहसचिवमा बालकुमारी न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सहकोषध्यक्षमा शारदा भुजेल चयन भएका छन् ।मञ्चको सदस्यमा उमादेवी अधिकारी, मञ्जुदेवी सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रिता रेग्मी, भावना रानाभाट, लालुमाया भण्डारी, मिठुदेवी लामिछाने, शुशिला सिग्देल, सुन्ती पुर्जा र शुसिला भण्डारी चयन भएका छन् ।

सो अवसरमा पत्रकारिताको माध्यमबाट मञ्चलाई महत्वपुर्ण योगदान पु¥याएको भन्दै पत्रकार जमुना बर्षा शर्मालाई नगद १० हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । सो अवसरमा मञ्चका सललाहकार देवका पहारी र पम्फा पहारीलाई पनि सम्मान गरिएको थियो ।

footwear zone

साधारण सभा तथा अधिेबेशनमा बोल्दै प्रदेश सांसद राजिव पहारीले महिलाहरु अगाडी बढ्दा पर्यटन क्षेत्रको विकासमा योगदान पुग्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, आन्तरिक पर्यटन पुनर्रोत्थान समितिका संयोजक अग्नि कँडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना भट्टराई, सम्मानित व्यक्तित्व जमुना वर्षा शर्मा लगायतले वोलेका थिए ।  मञ्चमा अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.