काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा शो मा फरक शैलीमा स्टल राखेर आउने ग्राहलाई बाई वान गेट वान फ्यासिलिटी उपलब्ध गराउदै आइरहेको छ । बाई वान गेट वान फ्यासिलिटी अन्तर्गत ३०० कि मि वुलिङ किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन भने ग्राहकले वुलिङ को स्टलबाट फाइनान्सको सुबिधा , गाडी एस्क्चेंज को सुबिधा पाउने छन् ।
नाडा अटो शोमा रहेको वुलिङको स्टलमा राखिएको तस्बिर प्रर्दशनीमा देशको सस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन होस् भनेर कम्पनीले तस्बिर प्रदशनीमा राखेको छ जसमा जनकपुरधाम , कुमारी ,स्वयम्भु , बसन्तपुर दरवार , डमरु इत्यादि सम्पूर्ण कुरा समाबेश गरिएको छ ।
२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ नाडा शोमा वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहक को भिड छ भने अहिले सम्म ५१ ओटा बुकिङ भैसकेको छ ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ ।
ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल ९जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।
रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
कम्पनीले नेपाली बजारमा छिटै अर्कों नया मोडेल वुलिङ बिंगो फोर डुअर ईभी पनि लन्च गर्ने तयारी गरेको कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरदले जानकारी दिए ।
काठमाडौंको नक्साल, भैसेपाटी, भक्तपुर मा आधिकारिक शोरुम बाट बिक्री भैरहेको छ । नेपाल भरी रहेको ५१ भन्दा बढि नेपाल बिधुत प्राधिकरणको चार्जिङ स्टेसन बाट सजिलै छिटो चार्ज गर्न मिल्नेछ ।




Comments are closed.