काठमाडौं । शाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले शुक्रबार नेपालमा रेडमी नोट १० एस लन्च गरेको छ । रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउँछ । यो पहिलो उपकरण हुनेछ जुन अहिले सम्मको क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम) को साथमा उपलब्ध हुने कम्पनीले बताएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “रेडमीमा हाम्रा उपभोक्ताहरु हामीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा रहेका छन् जसले हामीलाई डेमोक्रेटाइजिंग टेक्नोलोजीको दिशामा निरन्तर काम गर्न अग्रसर बनाएको छ र अझै बढी सुलभ बनाएको छ । हाम्रो भर्खरै लन्च गरिएको रेडमी नोट १० प्रो ले हाम्रो उपभोक्ताहरुबाट अभूतपूर्व प्रतिव्रिmया प्राप्त गरिरहेको छ । यसले जीवनको अविश्वसनीय सुपत मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूल दर्शनलाई दर्शाएको छ जसले स्मार्टफोनको इन्डस्ट्रिमा हामीलाई टु« गेम चेन्जर बनाएको छ ।
रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याव्रmो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ । ११८ डिग्रीको फिल्ड अफ भ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरुलाई ग्रुप फोटोहरु र ल्यान्डस्केप शट्सहरु सजिलै कब्जा गर्न मद्दत गर्दछ । क्यामेरा एप्लिकेशनको मीयुआई कस्टमाइजेसनलाई स्काइस्केपिंग, कलर फोकस, प्रो कलर र अल न्यू प्रो टाइम–ल्याप्स मोडका साथ नयाँ युगका सोसियल मिडिया व्रिmयटरहरुलाई निर्माण गरिएको छ ।

यो ११०० निट्सको ब्राइटनेस र ३६० डिग्रीको एम्बियन्ट लाइट सेन्सरको साथमा आउँछ जसले एम्बियन्ट लाइटलाई आरामदायी भ्युइन्ग एक्सपेरियन्सको लागि अधिक सटीक ढंगले डिकेक्ट गर्दछ र स्व्रिmनको ब्राइटनेसलाई एड्जस्ट गर्न मद्दत गर्दछ । डुअल स्टेरियो स्पिकर सेटअपले फोनमा एक उपयोग गर्ने सामग्रीलाई रमाइलो बनाउने प्रभावकारी अनुभव थप्दछ ।
रेडमी नोट १० एस मिडियाटेक हेलियोस जी९५ को चिपसेट द्वारा संचालित छ जुन अल्टिमेट गेमिंग एक्सपेरियन्सको लागि डिजाइन गरिएको हो । यसको सिपियुमा एआरएम कर्टेक्स ए ५५ र ए ७६ गरेको छ जुन २.०५ गिगाहट्र्ज सम्म कल्कड अप हुन्छ र जिपियु एआरएम माली जी ७६रहेको छ जुन ९०० मेगाहट्र्ज सम्म कल्कड अप हुन्छ । यसले प्रयोगकर्ताहरुलाई शक्तिशाली प्रदर्शन प्रदान गर्दछ जसले गेम्सहरु खेल्ने बेलामा सबैभन्दा स्मुथेस्ट फ्रेम रेटमा चलाउन सक्षम बनाउँछ । ६ जीबीको एलपीडीडीआर४एक्स को ¥यामको साथ रेडमी नोट १० एसले मल्टिटास्किंग र उपकरणको समग्र स्मुथनेसलाई बढाउन मद्दत गर्दछ ।
न्यू रेडमी नोट १० एस नेपालको पहिलो उपकरण हो जसले लेटेस्ट मीयुआई १२.५(अन्तरिम) अपडेट आउट–अफ–द–बक्सलाई फिचर गर्दछ । विश्वभरको लाखौँ ग्राहकहरुको प्रतिव्रिmयाको आधारमा मीयुआईको १२.५ को लेटेस्ट संस्करणले समग्र युजर एक्सपेरियन्सलाई बढाउने कुरा केन्द्रित गर्दछ र सफा, छिटो र काम गर्दा कुशलता प्रदान गर्दछ । एक अप्टिमाइज्ड सिस्टम एक्सपेरियन्स प्रदान गर्नका लागि, कम्पनीले सिस्टमको युआईलाई रि–राइट गरेको छ जसले कोर सिन मेमोरी युजेजलाई २० प्रतिशतले र पावरको खपतलाई १५ प्रतिशत सम्म घटाउएको छ जसले लामो ब्याट्री लाइफ प्रदान गर्दछ । रेडमी नोट १० एस अन्तरिम मीयुआई १२.५को अपडेटको साथ आउँदछ र फाइनल भर्जन ओटिए मार्फत चाँडै रोल आउट हुनेछ ।
रेडमी नोट १० एसले न्यू ईभोल डिजाइनलाई एक रिफाइन्ड लुक र प्रिमियम फिल प्रदान गर्दछ । न्यू आर्च–फिंगरप्रिन्ट सेन्सर उपकरणको छेउमा उपलब्ध छ ।
रेडमी नोट १० एसमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ । यसले तपाईँलाई करिब ७८ मिनेटमा ०–१०० प्रतिशत चार्ज गर्न र ३० मिनेटमा उपकरणलाई ५४ प्रतिशत सम्म चार्ज हुन मद्दत गर्दछ । रेडमी नोट १०एस अल्ट्रा–ब्याट्री सेभिंग मोडको साथ आउँदछ जसले ब्याट्री लाइफलाई बचाउँछ ।
रेडमी नोट १० एस उच्चतम गुणस्तर मापडण्डहरुलाई कायम गर्दै कर्निंग® गोरिल्ला® ग्लासको साथ उपलब्ध छ जसले तपाईँको उपकरणलाई दुर्घटनात्मक झर्न र कोरिनबाट सुरक्षित राख्दछ । आईपी ५३ रेटिंग र कोरोजन प्रुफ रबराइज्ड पोर्टले धुलो र पानी प्रवेश विरुद्धको सुरक्षा सुनिश्चित गर्दछ ।
रेडमी नोट १० एस डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक गरि तीनवटा रंगको भेरियन्टमा उपलब्ध हुनेछ बताइएको छ र नेपालमा रेडमी नोट १० एस अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरु २० जुन २०२१ बाट उपलब्ध हुने बताइएको छ ।
६ जीबी+६४ जीबी को मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ र ६ जीबी+१२८ जीबीको २६ हजार ९ सय ९९ रुपैयाँ मूल्य बताइएको छ ।




Comments are closed.