शाओमीले लन्च गर्‍यो रेड्मी नोट ११ प्रो, यस्ता छन् विशेषता

शाओमीले रेड्मी सिरिज अन्तर्गत रेड्मी नोट ११ प्रो लन्च गरेको छ । पुराना स्मार्टफोनको तुलनामा रेड्मी नोट ११ प्रो 5G, MediaTek Helio G96, 6.67″ FHD+ AMOLED DotDisplay साथै 108Mp क्वाड क्यामेर र 5 हजार MAH सम्मको क्षमता भएको ब्याट्री 67W टर्बो चार्जिङको साथ उपलब्द छ ।

रेड्मी नोट ११ प्रोमा रहेका थप विशेषता :-

-उत्कृष्ट फोटोग्राफी प्रदान गर्न फ्ल्यागशिप–स्तरको 108Mp क्वाड क्यामेरा
क्यामेराको सन्दर्भमा रेड्मी नोट ११ प्रो मा रहेको रियर क्वाड क्यामेरा सेटअपले बिना कुनै सम्झौता उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ । हाई- रेजोल्युसन र आश्चर्यजनक रंगहरूमा फोटोहरू क्याप्चर गर्नको लागि 108 Mp  मेन क्यामेरा, 8 Mp अल्ट्रा-वाइड-एंगल क्यामेरा, 118(डिग्री भ्युइङ्ग एंगल, म्याक्रो क्यामेरा,2MP को देप्थ क्यामेरा र 2Mp को फ्रन्ट क्यामेरा यस फोनमा समावेश गरिएको छ।

footwear zone

जस्तोसुकै प्रकाशको अवस्था, विशेष गरी मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्नको लागि108MP प्रो-ग्रेडको मेन क्यामेरामा Samsung HM2, 1/1.52 इन्चको ठूलो सेन्सर साइजको साथ 9-in-1 पिक्सेल बिनिङ टेक्नोलोजीको साथसाथै डुअल नेटिभ ISO समर्थन गर्दछ ।

-67W टर्बो चार्जिङ र MediaTek Helio G96 द्वारा संचालित
रेड्मी नोट ११ प्रो मा पावर अपको लागि MediaTek Helio G96 प्रोसेसर रहेको छ भने यसको फ्ल्यागशिप 67W टर्बो चार्जिङले यसको 5000mAh उच्च क्षमताको ब्याट्री १५ मिनेटमै ५१% सम्म चार्ज गरिदिन्छ ।

ट्रेंडी फ्ल्याट-एज डिजाइनमा 120Hz FHD± AMOLED डटडिस्प्ले
20Hz डिस्प्ले रिफ्रेस रेटको साथ 6.67″ FHD± AMOLED DotDisplay को साथ Redmi Note 11 Proले स्मूथ स्क्रोलिङ र ल्याग–फ्री ट्रान्जिसन सुनिश्चित गर्दछ । ट्रेंडी फ्ल्याट–एज डिजाइनको डिस्प्लेको साथै, यसमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूको साथमा, Redmi Note ले गेमिङ वा भिडियोहरू हेर्नको लागि इमर्सिभ स्टेरियो साउन्ड प्रदान गर्दछ ।
ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरि तीन रंगहरूमा उपलब्द यी फोन 6GB±128GB and 8GB±128GB गरि दुइवटा स्टोरेज भेरियन्टमा उपलब्द छन् जसको मूल्य क्रमशः रु.३४ हजार ९९९ र रु.३६ हजार ९९९ रहेको छ ।

You might also like

Comments are closed.