पेट्रोनासका कार्की बने यामाहा आर१५एम प्रिजेन्ट्स नेपाल रोड रेसिङ च्याम्पियनसिपका विजेता

काठमाडौं ।  यामाहा आर१५एम प्रिजेन्ट्स नेपाल रोड रेसिङ च्याम्पियनसिपको पेट्रोनासका राजकूमार कार्की विजेता बनेका छन् ।

ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा सम्पन्न ‘यामाहा आर१५एम प्रिजेन्ट्स नेपाल रोड रेसिङ च्याम्पियनसिप’मा पेट्रोनासका कार्की विजेता भएका हुन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र मोटर स्पोर्ट्स नेपाल,FIM  को आयोजनामा गएको शुक्रबार र शनिबार मोटरसाइकल रेसिङ प्रतियोगिता भएको थियो ।

footwear zone

पहिलो दिन शुक्रबार क्वालिफाइङ राउन्ड भएको र दोस्रो दिन शनिबार फाइनल प्रतियोगिता भएको मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए ।

आर१५ सिरिजका बाइकका बीचमा मात्र भएको सो प्रतियोगितामा ४८ जना यामाहा राइडरबीच प्रतिस्पर्धा भएको थियो ।
राष्ट्रिय खेलकुद परिषदद्वारा मान्यता प्राप्त सो प्रतियोगिताको आयोजक एफआईएम, नासा नेपाल र मोटर स्पोर्ट्स नेपाल हुन् ।

मोटर स्पोर्ट्समा संलग्न युवायुवतीहरुका लागि लक्ष्यित सो प्रतियोगिताका विजेता मध्ये ६ जनालाई आगामी दिनमा भारतको बैंगलोरमा हुने प्रतियोगितामा सहभागी गराइने आयोजकले बताएका छन् । प्रतियोगितालाई क्यास्ट्रोल, गल्फ, पेट्रोनस, लिक्वी मोली आदि विभिन्न लुब्रिकेन्ट ब्रान्ड तथा अन्य ब्रान्डको समेत सहयोग रहेको छ ।

You might also like

Comments are closed.