कौशलटारमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ‘ब्ल्यु स्क्वायर’ शोरुम

काठमाडौं । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले अत्याधुनिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । भक्तपुरको कौशलटारमा अवस्थित उक्त शोरुम दुई पाँग्रे सवारीका क्षेत्रमा देशको ठूलो र अत्याधुनिक रहेको कम्पनीको दावी छ ।

एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवाल, हिमालय रोडिज सिजन ५ का होस्ट तथा लोकप्रिय मिडिया पर्सन सुरजसिंह ठकुरी, कलाकार प्रियका कार्कीले शोरुमको सोमबार उद्घाटन गरेका हुन् ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा ‘ब्ल्यु स्क्वायर’लाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याइएको बताइएको छ ।

footwear zone

यामाहाको ‘ग्लोबल मोटर्स स्पोर्ट लिगेसी’लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ‘ब्ल्यु स्क्वायर’ शोरुमलाई लिइएको छ । शोरुममा प्रयोग गरिएको ‘ब्ल्यु’ कलरले यामाहा ब्राण्डको ‘रेसिङ डिएनए’ लाई झल्काउने र ‘स्क्वायर’ ले ‘वान स्टप बाइङ जक्सन’ बुझाउने बताइएको छ । जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसरिज र अप्पेरल (कपडा) एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ ।

You might also like

Comments are closed.