यामाहा एक्स्चेन्ज मेलामा दर्शकको भिड, मेला अवधिभर पुरानै मूल्य कायम

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी यामाहाको एक्स्चेन्ज मेलामा दर्शकको भिड लागेको छ । यामाहाका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजको आयोजनामा शुक्रबारबाट मेला सुरु भएको हो ।

शनिबारसम्म मेलाको ३ हजार ५ सय भन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन् । यामाहाका ३ सय ५० वटा मोटरसाइकल तथा स्कुटर बिक्री तथा एक्स्चेन्ज भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले आर्थिक आवाजलाई जानकारी दिए । मेला असोज १५ गतेसम्म जारी रहनेछ । मेला अवधिभर १५ हजार दर्शकले अवलोकन गर्ने र १ हजार ६ सय भन्दा बढी यामाहा बिक्री गर्ने कम्पनीको लक्ष्य छ । ‘सुरुका २ दिनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ,’ क्षेत्रीले भने, ‘मेला अवधिभरमा लक्ष्य भन्दा अझ बढी सफलता प्राप्त हुनेमा हामी ढुक्क छौं ।’

मेला अवधिभर दैनिक रुपमा लक्की ड्रका आधारमा सुनको सिक्का उपहार प्रदान गर्ने व्यवस्था कम्पनीले मिलाएका छ । हेल्मेट लगायतका अन्य गिफ्ट ह्याम्परको व्यवस्था पनि कम्पनीले गरेको छ । बजेट भाषणबाट मोटरसाइकलकोे मूल्य बृद्धि भएपनि यामाहाले १५ गतेसम्म पुरानै मूल्यमा यामाहा बिक्री गर्ने जनाएको छ । ‘ग्राहकको सुविधालाई ध्यानमा राख्दै मेला अवधिभर पुरानै मूल्यमा यामाहा बिक्री गर्नेछौं,’ क्षेत्रीले भने, ‘१६ गतेबाट मूल्य समायोजन हुनेछ ।’

footwear zone

मेला अवधिमै यामाहाका २ वटा नयाँ मोटरसाइकल सार्वजनिक हुने भएको छ । सोमबार र बुधबार एक÷एक वटा नयाँ मोटरसाइकल मेला स्थलबाट सार्वजनिक हुने कम्पनीले जनाएको छ । दुवै मोटरसाइकल १५५ सिसीका हुनेछन् ।

सार्वजनिक हुने दुवै मोटरसाइकल बहुप्रतिक्षित रहेको र युवा लगायत नेपाली बाइक पारखीको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

You might also like

Comments are closed.