यातायात महासंघको वरिष्ठ उपाध्यक्षमा साई, सिटौला र केसी विजयी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्षमा ऐनकुमार साई, पुण्यप्रसाद सिटौला सरोज र हरिशरण केसी निर्वाचित भएका छन् ।

राजधानी काठमाडौंमा सम्पन्न छैठौ राष्ट्रिय महाधिवेशनबाट उनीहरु वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् ।

यस अगाडि महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भइसकेका छन् । महासंघको मंगलबार सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष भएका स्वाँर छैँटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

footwear zone

महासंघको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिंखडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा अर्जुन गौतम निर्विरोध निर्वाचित भएको छन् ।

यसैगरी, ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाश तिवारी तथा बागमती प्रदेशबाहेक सबै प्रदेशको प्रदेश संयोजकसमेत निर्विरोध भएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा भने निर्वाचन भएको हो ।

You might also like

Comments are closed.