सार्वजनिक यातायातमा वैज्ञानिक भाडा समायोजन गर्न महासंघको माग

 

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा वैज्ञानिक भाडा समायोजन गर्न माग गरेको छ । महासंघको टोलीले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै भाडा समायोजन गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मन्त्री नेम्वाङलाई ज्ञापनपत्र बुझाएका हुन् । पेट्रोलियम पदार्थ, बिमा शुल्क, कर, ब्याज, पाटपूर्जा लगायत हरेक सामानको मूल्य बृद्धि भएकाले सोही अनुसार भाडा समायोजन गर्न महासंघले आग्रह गरेको छ ।

footwear zone

२०६५ चैत २० गतेको वैज्ञानिक भाडा प्रक्रिया अनुसार प्रत्येक आर्थिक वर्षको भदौ भसान्तभित्र यातायात व्यवस्था विभागबाट भाडा समायोजन गर्नुपर्ने व्यवस्थालाई मध्यनजर गरी भाडा समायोजन गर्न आह्वान गरिएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

You might also like

Comments are closed.