विभेदपूर्ण निर्णय सच्याउन यातायात व्यवसायीको माग

 

काठमाडौं । यातायात व्यवसायीले सरकारले गरेको विभेदपूर्ण निर्णय सच्याउन माग गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले विज्ञप्ति जारी गरी गुड्ने सवारी साधनलाई बन्द गरेर हवाईजहाजलाई सञ्चालन गर्न दिई सरकारले विवेदकारी निर्णय गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरेका हुन् ।

footwear zone

“स्थल यातायातलाई पनि नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पूरा गरी निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस्,” महासचिव सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले नयाँ भेरियन्टको भाइरस चाँडै सर्ने र व्यापक रुपमा समुदायमा समेत फैलिने हुँदा ‘बाचौँ र बचाऔँ’ अभियानमा सरिक हुन सबैलाई आह्वानसमेत गरेका छन् ।

You might also like

Comments are closed.